Skip to main content

Posts

Showing posts from July, 2021

वर्तमान समय र प्रविधि

समय हो प्रविधीको, जीवन र जगतलाई सरल पार्ने केहि गर्ने पर्छ, समयानुकूल अगाडि बढ्ने पर्ने लागि रहनुपर्छ, सक्षमता हासिल गर्न चिन्नुपर्छ समयलाई, जीवनमा केहि गर्न गर्नु छ धेरै यो गतिशील यात्रामा पुर्याउन छ राम्रो सन्देश आम सबैमा केही गर्न सिकौं, यही हो अवसर भनी पछाडि नपरौ, केही गर्न सकिन्न भनी सकिन्छ गर्न निरन्तरता र आत्मविश्वास भए सक्दैन कोही रोक्न यदि हामी प्रतिबद्ध भए लागौं काममा, खोजमा अवसर योगदानका लागि यही हुनेछ हाम्रो अमुल्य गहना, सन्देश हरु को लागी चिन्तन गरौं, चिन्ता हटाई मनबाट खोजौ अवसरहरु प्रकृतिको काखबाट सिकिन्छ धेरै कुरा प्रकृतिको काखमा बन्दछ जीवन रमाइलो, सबै अाउछन साथमा

तालिम के हो?

  तालिम हो,शिक्षकलाई शैक्षिक जगतमा ब्युँझाउने स्रोत सामग्री खोजि निर्माणगरी विद्यार्थीहरुलाइ सिकाउने खोज्ने, सिक्ने, र सिकाउने गराउँछ तालिमले राम्रो शिक्षण उपयुक्त स्रोत मनपराउँछन् विद्यार्थीहरुले निरन्तर सिकाइ, बुझाई आवश्यक छ शिक्षणमा उपयुक्त विधि सामग्री प्रयोग गर्नुछ कक्षामा बनाउँछ विद्यार्थी इमान्दार र लगनशील उत्तम शिक्षणबाट विद्यार्थी बन्छन् कर्मशील लागौं खोजमा, बढाउँदै ज्ञान आफ्नै कर्तव्य सम्झी रमाउ,खुसि भई आफ्नो विषयमा धेरै कुरा बुझि सम्मान हुन्छ शिक्षाको यस्तो गर्दा चारैतिर बढ्दछ मान, लम्किन्छ यात्रा, बिस्तार गरौँ विचार चारैतिर