तालिम हो,शिक्षकलाई शैक्षिक जगतमा ब्युँझाउने
स्रोत सामग्री खोजि निर्माणगरी विद्यार्थीहरुलाइ सिकाउने
खोज्ने, सिक्ने, र सिकाउने गराउँछ तालिमले
राम्रो शिक्षण उपयुक्त स्रोत मनपराउँछन् विद्यार्थीहरुले
निरन्तर सिकाइ, बुझाई आवश्यक छ शिक्षणमा
उपयुक्त विधि सामग्री प्रयोग गर्नुछ कक्षामा
बनाउँछ विद्यार्थी इमान्दार र लगनशील
उत्तम शिक्षणबाट विद्यार्थी बन्छन् कर्मशील
लागौं खोजमा, बढाउँदै ज्ञान आफ्नै कर्तव्य सम्झी
रमाउ,खुसि भई आफ्नो विषयमा धेरै कुरा बुझि
सम्मान हुन्छ शिक्षाको यस्तो गर्दा चारैतिर
बढ्दछ मान, लम्किन्छ यात्रा, बिस्तार गरौँ विचार चारैतिर
Comments
Post a Comment