Skip to main content

वर्तमान समय र प्रविधि

समय हो प्रविधीको, जीवन र जगतलाई सरल पार्ने
केहि गर्ने पर्छ, समयानुकूल अगाडि बढ्ने पर्ने
लागि रहनुपर्छ, सक्षमता हासिल गर्न
चिन्नुपर्छ समयलाई, जीवनमा केहि गर्न
गर्नु छ धेरै यो गतिशील यात्रामा
पुर्याउन छ राम्रो सन्देश आम सबैमा
केही गर्न सिकौं, यही हो अवसर भनी
पछाडि नपरौ, केही गर्न सकिन्न भनी
सकिन्छ गर्न निरन्तरता र आत्मविश्वास भए
सक्दैन कोही रोक्न यदि हामी प्रतिबद्ध भए
लागौं काममा, खोजमा अवसर योगदानका लागि
यही हुनेछ हाम्रो अमुल्य गहना, सन्देश हरु को लागी
चिन्तन गरौं, चिन्ता हटाई मनबाट
खोजौ अवसरहरु प्रकृतिको काखबाट
सिकिन्छ धेरै कुरा प्रकृतिको काखमा
बन्दछ जीवन रमाइलो, सबै अाउछन साथमा

Comments